कोरोना संक्रमित एक वृद्धको आफ्नै घरमा मृत्यु

News
Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगर महानगरपालिका–४ जामुनगाछीका कोरोना भाइरस संक्रमित एक वृद्धको आफ्नै घरमा मृत्यु भएको छ। महानगर प्रहरीका निरीक्षक राजन पौडेलका अनुसार ८५ वर्षीय वृद्धको बिहान १० बजेतिर मृत्यु भएको हो।

कोरोनाको आशंकामा पीसीआर परीक्षण गराउँदा असोज २८ गते वृद्धको रिपोर्ट पोजिटिभ आएको उनले बताए। उनका अनुसार रिपोर्ट पोजिटिभ आएर कोरोना पुष्टि भएका बेला स्वास्थ्य अवस्था सामान्य रहेका कारण वृद्ध घरमै होम आइसोलेसनमा रहेका थिए। एक्कासि श्वारप्रश्वासमा समस्या आएर वृद्धको मृत्यु भएको महानगरले जनाएको छ। मृतकमा प्रोस्टेट र उच्च रक्तचापको पुरानै समस्या रहेको जानकारी उनले दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *