कमलाले मारेको होइन भने कस्ले मार्यो ? त्यो ठाउँ हेर्दा धनकुटा काण्ड झनै रहस्यमय, गाउँलेको भनाई फरक (भिडियो)

Interview
Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा महालक्ष्मी १ मा कमला गुरुग नाम गरेकी एक महिलाले गलत मनसायले कोठामा प्रवेश गरेका एक पुरुषको ज्यान लिएको घटना सार्वजनिक भएको छ । तर अहिले सो घटना रहस्यमय बन्दै गएको छ । स्थानिय बासीन्दाले दिल बहादुर गुरुगंको ज्यान कमलाले नलिएर अरु कसैले लिएको आशंका गरेका छन् । उनीहरुले घटनालाई प्रहरीले फरक ढंगले अनुसन्धान गर्नुपर्ने बताएका छन् । उनीहरुले घटना मिडियामा आएजस्तो नभएर त्यसको भित्रि रहस्य अर्कै भएको हुनसक्ने बताएका छन् ।

छिमेकी र गाउँलेले कमलाका विषयमा पनि केही नयाँ कुरा खुलाएका छन् । छोरासंग बस्दै आएकी एक महिलाको कोठामा एक छिमेकी पुरुष मध्यरातमा प्रवेश गरे । उनी कुनियत राखेर पुरुष महिलाको कोठामा प्रवेश गरेका थिए । ति पुरुषलाई महिलाले ज्यान लिएकी छन् ।
श्रीमान विदेशमा रहेको अवस्थामा छिमेकी पुरुषले कुनियत राखेर घर भित्रै प्रवेश गरेपछि महिलाले प्रतिकार गरेकी हुन् । ति पुरुष ढोका फोरेर मध्यरातमा कोठामा प्रवेश गरेका थिए ।

घटना भएको अर्को दिन ति पुरुषको शव घर देखि करिब एक सय मिटर पर फेला परेको थियो । कटहरेकी ३० बर्षीया कमला गुरुङले अनैतिक काम गर्ने उद्देश्य राखेर कोठामा आएका स्थानीय लीलबहादुर गुरुङको ज्या’न लि’एकी’ हुन् । घटनाको अनुसन्धानका क्रममा महिलाले यस्तो वयान दिएकी हुन् । ३० बर्षीय लीलबहादुर विवाहित रहेको र उनका दुई छोरा छन् । कमलाका श्रीमान् बैदेशिक रोजगारीको सिलसिलामा करिब १५ महिना पहिले दुवई गएका छन् । उनी ११ बर्षे छोराको साथमा घरमा भएका बेला घटना भएको हो । हेर्नुहोस भिडियो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *