कैलाली गस्तीमा खटिएका एक प्रहरीको हत्या, खोलामा घोप्टो परेको अवस्थामा शव फेला ||अर्का एक प्रहरी बेपत्ता

News
Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कैलाली गस्तीमा खटिएका एक प्रहरीको हत्या भएको छ।
नेपाल भारत सीमामा रहेको मोहना नदीमा ती प्रहरीको शवसमेत फेला परेको छ। खोलामा घोप्टो परेको अवस्थामा शव भेटिएको हो।

कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत बिटका इन्चार्ज तथा प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद शनिवार रातिदेखि वेपत्ता भएका थिए।

‘दुईजना मध्ये एकको हो शव। नदीबाट निकाल्ने काम भइरहेको छ,’ सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले भने।

प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महाननिरीक्षक (डीआइजी) उत्तम सुवेदीसहितको प्रहरीको टोली घटनास्थल पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *