गण्डकी प्रदेशमा थप एकजना कोरोना संक्रमितको मृत्यु

News
Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गण्डकी प्रदेशमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।
बागलुङका २५ वर्षे पुरुषको मनिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। ढोरपाटन नगरपालिका २ का ती पुरुषमा गत मंगलबार कोरोना पुष्टि भएको थियो।

ती पुरुष सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत थिए। गण्डकीमा सुरक्षाकर्मीको मृत्यु भएको यो पहिलो घटना हो।

योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *